कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री

काठमाडौं । हाल कोभिड १९ ले गर्दा देशैभर लकडाउन भएको अवस्थामा सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनबाटै अध्ययन र सिकाई सामग्री उपलब्ध गराइरहेको छ । शिक्षा  मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विद्यार्थीको पढाई प्रभावित भइरहेको अवस्थामा  अनलाइन कक्षा सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याइसकेको छ ।
सिकाई चौतारीमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको छ । त्यस अलावा तीन तहका कथासँगै अभ्यास पुस्तिका समेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।

कसरी प्रयोग गर्ने ?

यहाँ क्लिक गरेर सरकारले सञ्चालनमा ल्याएको अनलाइन सिकाई चौतारीमा प्रवेश गर्नुहोस् । अब त्यहाँ तपाईंले कथा संग्रह सहित कक्षा १ देखि १० सम्म लेखिएको पाउनुहुनेछ ।
अब त्यसबाट तपाईंको कक्षा रोज्नुहोस् । यदि तपाईंलाई अंग्रेजीमा यो प्लेटफर्म प्रयोग गर्न चाहनुहुन्छ भने दायाँ तर्फ माथी कुनामा तल तर्फ फर्केको एरोमा क्लिक गर्नुहोस् ।
अब कक्षा छनौट गरिसकेपछि कक्षा लेखिएको पछाडिको बटनमा जानु भयो भने त्यहाँ तपाईंले उपलब्ध विषय फेला पार्न सक्नुहुन्छ । जसबाट आफूले अध्ययन गर्न चाहेको विषयसँग सम्बन्धित अध्ययन तथा सिकाई सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।
कक्षा र विषयको मूनि रहेको आकासे रंगको लाइनमा तपाईंले छनौट गरेको विषयका पाठहरु क्रमशः देखिनेछ । त्यसको दायाँ छेउमा हेर्नु भयो भने त्यहाँ सम्बन्धित विषयको पुस्तक समेत फेला पार्न सक्नुहुन्छ ।
नेपाली र अंग्रेजी दुवै भाषामा निर्देशनहरु दिइएको तथा अन्तरक्रियात्मक अनलाइन प्रणाली भएकाले विद्यार्थीहरुले सहजै यसको प्रयोग गर्न सक्छन् ।

विशुद्द शैक्षिक प्रयोजनका लागि  सम्पूर्ण समाचारलाई https://www.techpana.com/ बाट सारिएको हो  ।