Practical Question Paper – Computer Operator

 

कम्प्युटरको नेपाली नाम सुसान्ख्य यंत्र हो ।कम्प्युटर एउटा प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्दबाट आएको हो । जस्को अर्थ गणना गर्नु हो । यन्त्रको बनावट लगातार क्रम्बद् र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरि नतिजा प्रस्तुत गर्ने मानव निर्मित बिधुतिय यन्त्रलाई कम्प्युटर भनिन्छ । आज भन्दा करिब ६०/७० बर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्यो । तर आज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ ।
विकासको लागि हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग हुन थालेको छ । कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ। विशेष गरि कम्प्युटर दुई वटा भागहरु  मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटर हार्डवेयर र कम्प्युटर सफ्टवेयर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सफ्टवेयरले केही काम गर्न सक्दैन र सफ्टवेयर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सफ्टवेयरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ । सामान्यत: कम्प्युटरमा हुने एक प्रकारको मेमरीमा तथ्याङ्क भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमाङ्क तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणी जानकारीको भन्डारणको आधारमा परिवर्तन गर्दछ । यसमा हुने पेरिफेरल साधनहरूले जानकारीलाई बाह्य स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुगाउने गर्दछ । कम्प्युटरको प्रोसेसिङ विभागले जानकारीहरूको पङ्क्ति सम्पादन गरेर तथ्याङ्क पढ्नरे, निर्वाहित गर्ने तथा भन्डारण गर्ने गर्दछ । निर्णायक जानकारीले क्रमाङ्किक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको कार्यका आधारमा परिवर्तन गर्छ।पहिलो विध्युतिय कम्प्युटरहरू २०औं शताब्दिको मध्य(सन् ९४०-१९४५)मा विकसित भएका हुन्। मौलिक रूपमा, तिनिहरू ठुला कोठाको जत्रो नाप भएका र विध्युतिय खपत हजारौं अहिलेका आधुनिक कम्प्युटरहरूले जति गर्ने खालका थिए। आधुनिक कम्प्युटरहरू ईन्टिग्रेटेड सर्किट्स प्रविधिका आधारमा बन्ने भएकाले यिनिहरू पहिलेका यन्त्रभन्दा लाखौं- करोडौ  गुना बडि क्षमतावान् र नाप मात्र केही अंशका हुन्छन्। सामान्य कम्प्युटरहरू प्रशस्तै सानो हुने हुँदा यिनिहरू मोबाईल साधनमा सजिलै अटाउँछन्, मोबाईल कम्प्युटरलाई विध्युतिय पावर साना बेटरी बाट सजिलै उपलब्ध गराउन सकिन्छ। अन्तत: इम्बेडेड कम्प्युटरहरू धेरै खाले उपकरणहरू एम पि थ्रि प्लेयर्स देखि आधुनिक युध्द विमान र खेलौना देखि उध्योग यन्त्रमानव सम्म
प्रचुर मात्रामा प्रयोग गरिन्छ। कम्प्युटर भन्ने शब्दको पहिलो उच्चारण सन् १६१३मा भएको तथ्याङ्क छ, जुन शब्दले हिसाब र गणना गर्ने ब्यक्तिलाई २०औँ शताब्दिको मध्य सम्म पनि जनाईन्थ्यो। १९औँ शताब्दिको अन्त्यदेखि चाहिँ, सो शब्द आफ्नो वास्तविक अर्थमा प्रयोग गर्न थालियो, जसले गणना गर्ने यन्त्र भनेर जनाउथ्यो।